2 Chronicles 20:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहासेलले भने, “हे राजन्! अनि यरूशलेम र यहूदाका सबै बासिन्‍दाहरू हो! परमप्रभु भन्‍नुहुन्‍छ कि तिमीहरू यो ठूलो सेनाको सामना गर्न हताश नहुनू वा नडराउनू! लडाइँ परमेश्‍वरमा निर्भर छ, तिमीहरूमा होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात सुन्‍नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ: ‘नडराओ, यस ठूलो सैन्‍यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो।
Nepali ERV (पवित्र बाइबल)
यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत पनि नहोऊ सुर्ता पनि नगर किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो।