2 Chronicles 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मानिसहरू आएर यहोशापात राजालाई यस्तो खबर दिए, “एदोमबाट एउटा ठूलो सेना मृत सागरको पारिपट्टिबाट तपाईंलाई आक्रमण गर्न आइरहेको छ। तिनीहरूले अघि नै हासेसोन-तामार कब्जा गरिसके।” (यो एन-गदीको अर्को नाम हो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात् एन-गदीमा पुगिसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।