2 Chronicles 20:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्‍मोनी र मोआबीहरूले एदोमी सेनामाथि हमला गरे र त्‍यसलाई ध्‍वस्‍त पारे। त्‍यसपछि तिनीहरूले एक-अर्कामाथि आपसमा हमला गर्न थाले र घमासान युद्ध गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्‍मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्‍धाधुन्‍ध आक्रमण गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।