2 Chronicles 20:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका सेना उजाड-भूमिमा भएको एउटा धरहराछेउ आइपुग्दा तिनीहरूले आफ्ना शत्रुहरूलाई हेरे र ती सबै मरेर जमिनमा लडिरहेका देखे। एक जना पनि जिउँदो थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको अल्गो ठाउँमा आइपुगे र शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्ये एउटै पनि उम्केको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरू मरूभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्।