2 Chronicles 20:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापात र तिनका फौज लुटका माल बटुल्‍न अघि बढे र तिनीहरूले धेरै गाई-वस्‍तु, अन्‍न-पानी, लत्ता-कपडा र अरू दामी थोकहरू हात पारे। तीन दिनसम्‍म तिनीहरूले लुटका माल बटुले। तर पनि यति बिघ्‍न सामान थियो कि तिनीहरूले सबै कुरा उठाउन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्‍मा गर्न आए, तब तिनीहरूले असंख्‍य सामानहरू, लुगाफाटाहरू र बहुमूल्‍य थोकहरू लानै नसक्‍ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्‍म लूटका माल जम्‍मा गरे, किनभने ती त्‍यति धेरै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए।