2 Chronicles 20:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पैंतीस वर्षको हुँदा यहोशापात यहूदाका राजा भएका थिए र उनले पच्चीस वर्ष यरूशलेममा राज्य गरेथे। उनकी आमा शिल्हीकी छोरी अजूबा थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोशापातले यहूदामाथि राज्य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस वर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस वर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।