2 Chronicles 21:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँदेखि एदोम सधैँको निम्ति यहूदाबाट स्वतन्त्र भई बसेको छ। त्यही बेला लिब्ना सहरले पनि विद्रोह गर्यो किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। त्यसै बेला लिब्नाले पनि विद्रोह गरे, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। यहोरामले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई त्यागेका हुनाले त्यही बेला लिब्ना सहर पनि परमेश्वरदेखि बागी भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ।