2 Chronicles 21:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यहूदामाथि आक्रमण गरे, राजाको महल लुटे र उनका कान्छा छोरा अहज्याहबाहेक अरू सबै छोरा र स्वास्नीहरूलाई कैद गरी लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज थियो।