2 Chronicles 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झण्डै: दुई वर्षसम्‍म त्‍यो रोग बढेर गयो र अन्‍तमा राजा त्‍यसको पीडाले मरे। उनका प्रजाले उनका पिता-पुर्खा मर्दा गरेझैँ उनको शोकमा आगो बालेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस रोगले तिनलाई केही समयसम्‍म सताइरह्यो। अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा-भुँड़ी निस्‍केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्‍ति गरेझैँ तिनको सम्‍मानमा आगो जलाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब दुइ वर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्।