2 Chronicles 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यहोराम र उनका अधिकृतहरूले रथ लिएर गई एदोममाथि आक्रमण गरे। एदोमी सेनाले तिनीहरूलाई त्यहाँ घेरे तर राती तिनीहरू घेरा तोडेर भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे।