2 Chronicles 23:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयादा पूजाहारीले छ वर्षसम्म पर्खेपछि अब केही गर्नुपर्ने समय भयो भनी निश्चय गरे। उनले सेनाका पाँच जना अधिकृतहरूसित मित्रता गरे; यी अधिकृतहरू यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए।
Nepali ERV (पवित्र बाइबल)
छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।