2 Chronicles 23:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले पालन गर्नुपर्ने नियमावलीको एउटा नक्‍कल दिए। यसरी उनी राजा बनाइए। यहोयादा पूजाहारी र उनका छोराहरूले योआशलाई अभिषेक गरे र सबैले “राजा दीर्घायु होऊन्!” भन्‍दै जोडसित कराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई बाहिर ल्‍याए, अनि तिनको शिरमा शिरपेच लगाइदिए। तिनीहरूले करार-पत्र दिए, र तिनलाई राजा घोषणा गरे। अनि तिनीहरूले तिनलाई अभिषेक गरेर यसो भनी चर्को सोरले कराए, “राजा अमर रहुन्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”

Recommended Reading