2 Chronicles 23:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले त्यहाँ मन्दिरका मूल-ढोकामा नयाँ राजालाई देखिन्। राजाको निम्ति अलग गरेको स्तम्भनिर योआश उभिएका थिए र उनलाई सेनाका अधिकृतहरूले र तुरही बजाउनेहरूले चारैतिर घेरेका थिए। सबै मानिसहरूले आनन्दले चिच्च्याउँदै र तुरही बजाउँदै थिए र त्यसमा मन्दिरका सङ्गीतकारहरूले बाजाहरू बजाउँदै अगुवाइ गरिरहेका थिए। दु:ख मानेर तिनले आफ्नो वस्त्र च्यातिन् र कराएर भनिन्, “विश्वासघात भयो, राजद्रोह भयो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राजालाई स्तम्भको छेउमा प्रवेशद्वारनेर उभिरहेका तिनले देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए, र देशका सबै मानिसहरूले तिनको सम्मानमा आनन्द-उत्सव मनाउँदै र तुरही बजाउँदैगरेका थिए। सबै मानिसहरूचाहिँ रमाहट गर्दैथिए। अनि गायकहरू बाजाका साथमा उत्सवको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजविद्रोही! राजविद्रोही!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्।
Nepali ERV (पवित्र बाइबल)
तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”