2 Chronicles 23:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेनाका अधिकृतहरू, प्रमुख नागरिकहरू, भारदारहरू र अरू बाँकी सबै मानिसहरू यहोयादाका साथ जुलुसमा हिंडे र राजालाई मन्दिरबाट महलमा ल्याए। तिनीहरू मूल-ढोकाबाट पसे र राजसिंहासनमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले शतपतिहरू, भारदारहरू, मानिसका शासकहरू र देशका सारा मानिसहरूलाई लिएर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए। तिनीहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए।
Nepali ERV (पवित्र बाइबल)
यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।
Recommended Reading