2 Chronicles 24:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक दिन लेवीहरूले सन्दुक बोकेर त्यसका निम्ति खटाइएका राजाका अधिकृतकहाँ पुर्याउँथे। सन्दुक भरिएपछि राजाका सचिव र मुख्य पूजाहारीका प्रतिनिधिहरूले पैसा निकाल्थे र सन्दुक त्यस ठाउँमा फर्काइदिन्थे। यसरी तिनीहरूले ठूलो रकम जम्मा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँदा तिनीहरूले त्यो राम्ररी भरिएको हेर्थे। तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे। तिनीहरूले दिनहुँ त्यसै गर्थे। यसरी तिनीहरूले धेरै रुपियाँपैसा सञ्चय गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे।
Nepali ERV (पवित्र बाइबल)
तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।