2 Chronicles 24:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफूकहाँ फर्कन चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो तर मानिसहरूले तिनीहरूका कुरा सुनेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्‍याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।