2 Chronicles 24:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो वर्ष बसन्‍त ऋतुमा अरामी सेनाले यहूदा र यरूशलेममा हमला गरे। त्‍यहाँका सबै अगुवाहरूलाई मारे र लुटका धेरै सामान दमस्‍कसमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही वर्षको अन्‍त्‍यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्‍ना सबै लूटका माल दमस्‍कसका राजाकहाँ पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
वर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए।