2 Chronicles 24:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाहरूका पुस्‍तकहरूमाथि भएका टीका-टिप्‍पणीका पुस्‍तकमा योआशका छोराहरू, उनको विरुद्धमा भएका अगमवाणी र उनले कसरी मन्‍दिर फेरि नयाँ गरी बनाएका थिए, तीबारे वर्णन गरिएको छ। उनीपछि उनका छोरा अमस्‍याह राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआशका सन्‍तानको विवरण, तिनको विषयमा धेरै ईश्‍वरवाणी, र परमेश्‍वरको मन्‍दिर तिनले पुनर्निर्माण गरेका विषय राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌। तिनीपछि तिनका छोरा अमस्‍याह राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्‍वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
Nepali ERV (पवित्र बाइबल)
योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू “सम्बन्धी व्याख्या” नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।