2 Chronicles 24:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका अगुवा यहोयादालाई बोलाएर उनले सोधे, “परमप्रभुको सेवक मोशाले परमप्रभुले बास गर्ने पवित्र पालको रेख-देखको लागि मानिसहरूले तिर्न तोकेका कर यरूशलेम र यहूदाका मानिसहरूबाट किन लेवीहरूलाई उठाउन लाउनुभएको छैन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूसँग तपाईंले माग्नुभएको छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”