2 Chronicles 25:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अरू दश हजारलाई कैद गरे। कैदी सिपाहीहरूलाई तिनीहरूले शेला सहरको चट्टानको टाकुरामा लगेर त्‍यहाँबाट तल खसालिदिए र मुनि चट्टानमा बजारिएर तिनीहरू सबै मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्‍यहाँ तिनीहरू सबै छिन्‍नभिन्‍न भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।