2 Chronicles 25:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही बेला जो-जो इस्राएली सिपाहीहरूलाई अमस्‍याहले आफूसित लडाइँमा जान दिएका थिएनन्, तिनीहरूले सामरिया र बेथ-होरोनका बीचमा भएका यहूदाका सहरहरूमाथि हमला गरे, तीन हजारलाई मारे र धेरै लुटका सामान हात पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा अमस्‍याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्‍यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्‍म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस समयमा अमस्याहले ती सैनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।