2 Chronicles 25:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा अमस्याह र उनका सल्लाहकारहरूले इस्राएलका विरुद्धमा जाल रचे। त्यसपछि लडाइँ गर्ने चुनौती दिँदै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह गरेपछि इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको निम्ति हाँक दिए, “आऊ, हामी एक-अर्काको सामना गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसित सल्लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।