2 Chronicles 25:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहोआशले अमस्याहलाई कैद गरे र यरूशलेममा लगे। त्यहाँ उनले एफ्राइमको मूल-ढोकादेखि कुनाको मूल-ढोकासम्म झण्डै दुई सय मिटर लामो सहरको पर्खाल भत्काएर धुलो पारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रेर यरूशलेममा ल्याए। तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो सहरको पर्खाल भत्काइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआशले तिनलाई यरूशलेममा ल्याए र यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट लामो भाग तोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात लामो अंश भत्काइ दिए।