2 Chronicles 25:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमस्याहले अगमवक्तालाई सोधे, “तर मैले तिनीहरूलाई अघि नै दिइसकेका चाँदीचाहिँ के हुने हो?” अगमवक्ताहरूले उत्तर दिए, “परमप्रभुले त्योभन्दा धेरै तपाईंलाई फर्काइदिन सक्नुहुन्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमस्याहले परमेश्वरका जनलाई भने, “इस्राएली सेनाको निम्ति खर्च गरेको त्यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?” परमेश्वरका जनले जवाफ दिए, “परमेश्वरले तपाईंलाई त्यसभन्दा बढ़ी दिन सक्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अमस्याहले परमेश्वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”