2 Chronicles 26:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको साथमा लडाइँ गर्न सधैँ तयार रहने एउटा ठूलो सेना थियो। राजाका भारदार हनन्‍याहका रेख-देखमा यहीएल र मासेयाह सचिवहरूले सेनाका कागज-पत्र राख्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक उज्‍जियाहको तालीम पाएका र युद्धको निम्‍ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्‍याहको अधीनमा यिनीहरूलाई राखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्‍त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे।
Nepali ERV (पवित्र बाइबल)
उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए।