2 Chronicles 26:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा राजाका नयाँ-नयाँ यन्त्रहरू बनाउने कर्मचारीहरूले काँड र ठूल्ठूला ढुङ्गाहरू किल्ला र सहरका पर्खालका कुना-कुनाबाट हान्नलाई नयाँ किसिमका अस्त्रहरू बनाउँथे। उनको कीर्ति सबैतिर फैलियो र परमेश्वरबाट सहायता पाएकोले उनी औधी शक्तिशाली भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा तिनले धरहराहरू र कुनाको सुरक्षामा प्रयोग गर्नका लागि आविष्कार गरिएका उपकरणहरू बनाएका थिए, ताकि सिपाहीहरूले तीरहरू हान्न र पर्खालहरूबाट ठूला-ठूला ढुङ्गाहरू हान्न सकून्। तिनको ख्याति चारैतिर टाढा-टाढासम्म फैलियो, किनकि तिनी शक्तिशाली नभएसम्म तिनले धेरै सहयोग पाइरहे।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुँङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।