2 Chronicles 26:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका धार्मिक विषयका सल्‍लाहकार जकरिया जीवित रहुञ्‍जेल उनले विश्‍वासयोग्‍यतासाथ परमप्रभुको सेवा गरे र परमेश्‍वरले उनलाई आशिष् दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई परमेश्‍वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा तनमन लगाए। परमप्रभुलाई खोज्‍दैरहुञ्‍जेलसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूलाई परमेश्‍वरको भय राख्न सिकाउने जकरियाको समयमा अमस्याहले परमेश्‍वरको खोजी गरुन्जेल उहाँले तिनलाई सफलता दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उज्जियाहले परमेश्वरको अनुसरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।