2 Chronicles 28:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अब यरूशलेम र यहूदाका पुरुष र स्‍त्रीहरूलाई आफ्‍ना चाकर-चाकरनी बनाउन चाहन्‍छौ। के तिमीहरूलाई थाहा छ, तिमीहरूले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्‍त्री दुवैलाई दास-दासी बनाउने इच्‍छा गर्दछौ। त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु दोषी हुँदैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पापका दोषी छैनौ र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।