2 Chronicles 28:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चार जना अगुवाहरूलाई लुटका सामानबाट कैदीहरूलाई लाउने वस्‍त्र दिन खटाए। तिनीहरूले ती कैदीहरूलाई लाउने वस्‍त्र र जुत्ताहरू, खान-पिउनलाई पुग्‍दो खानेकुरा दिए र तिनका चोटमा जैतुनका तेल लाइदिए। हिंड्‍न नसक्‍ने भई कमजोर भएकाहरूलाई गधामा चढाए र सबै कैदीहरूलाई यहूदा देशको यरीहो सहर अर्थात् खजूरहरूको सहरमा फर्काइलगे। त्‍यसपछि इस्राएलीहरू सामरियामा आ-आफ्‍ना घरमा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले कैदीहरूलाई त्‍यही कामको निम्‍ति खटिएका मानिसहरूको जिम्‍मामा छोड़िदिए, अनि तिनीहरूले लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए। तिनीहरूले कैदीहरूलाई लुगा र जुत्ता लगाइदिए, अनि खानपान दिएर तेल पनि लगाइदिए। अनि साह्रै थाकेका र हिँड्‌न नसक्‍नेहरूलाई तिनीहरूले गधामा चढ़ाएर आफ्‍ना कुटुम्‍बहरूकहाँ खजूरका रूखहरूको सहर, अर्थात्‌ यरीहोसम्‍म ल्‍याइदिए। त्‍यसपछि तिनीहरू आफै चाहिँ सामरियामा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाम अनुसारका पद भएका मानिसहरूले कैदीहरूलाई लिए, र त्यस लुटका मालबाट तिनीहरूले नाङ्गाहरूलाई लुगा लगाइदिए। तिनीहरूले उनीहरूलाई लुगा, जुत्ता, भोजन, पानी र निको पार्ने मलम प्रबन्ध गरिदिए। कमजोर जतिलाई तिनीहरूले गधाहरूमाथि चढाए। यसरी तिनीहरूले आफ्नै जातिहरूलाई यरीहो, अर्थात् खजूरको सहरमा लिएर गए, र तिनीहरू सामरियामा फर्के।
Nepali ERV (पवित्र बाइबल)
ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।