2 Chronicles 28:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला पलिश्तीहरूले यहूदाका दक्षिण भागमा र पश्चिमका डाँडाहरूका फेदीमा भएका सहरमा छापा मार्दै थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन र गदेरोत सहरहरू र गाउँ-बस्तीसहित सोखो, तिम्ना र गिम्जो सहरहरू कब्जा गरे र त्यहाँ सदाको लागि बास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरूसमेत कब्जा गरेर अधिकार गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।