2 Chronicles 28:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका प्रत्‍येक ठूला-साना सहरहरूमा तिनले मूर्ति पुज्‍ने ठाउँहरू बनाए, जहाँ पराई देवताहरूलाई धूप बालिन्‍थ्‍यो। त्‍यसरी उनले आफूमाथि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको क्रोध ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहूदाका सहरैपिच्‍छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्‍ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।