2 Chronicles 28:5 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[5-6] आहाज राजाले पाप गरेका हुनाले परमप्रभु उनका परमेश्वरले अरामका राजाका हातमा उनको हार गराउनुभयो र धेरै जना यहूदावासीहरूलाई कैद गरी दमस्कसमा लैजान दिनुभयो। परमप्रभुले इस्राएलका राजा रमल्याहका छोरा पेकहले पनि आहाजको हार गराई एक दिनमा एक लाख बीस हजार यहूदाका सबैभन्दा साहसी सैनिकहरूलाई मारे। परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले यी कुरा हुन दिनुभयो किनभने यहूदाका मानिसहरूले उहाँलाई त्यागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्त गरेर तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्पूर्ण परास्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए। तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे।