2 Chronicles 29:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा छोराहरू हो, अब समय व्‍यर्थमा नफाल। परमप्रभुले तिमीहरूलाई उहाँको सामू धूप बाल्‍न र मानिसहरूलाई उहाँको आराधनामा अगुवाइ गर्न चुन्‍नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा छोरा हो, अब बेवास्‍ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्‍न तिमीहरूलाई चुन्‍नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्‍नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”