2 Chronicles 29:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूले आफ्‍ना लेवी बन्‍धुहरूलाई बटुले र तिनीहरू सबै विधिअनुसार शुद्ध भए। त्‍यसपछि राजाले आज्ञा गरेझैँ तिनीहरूले विधिअनुसार मन्‍दिरलाई परमप्रभुको नियम बमोजिम शुद्ध गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आ-आफ्‍ना कुटुम्‍बहरूलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे। अनि परमप्रभुको आज्ञाअनुसार र राजाले तिनीहरूलाई हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे।
Nepali ERV (पवित्र बाइबल)
तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।