2 Chronicles 29:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले हिजकिया राजालाई यस्‍तो बयान दिए, “हामीले पूरै मन्‍दिर, होमबलि गर्ने वेदी र पवित्र रोटी राख्‍ने टेबिल र सबै सर-सामानहरू पनि नियमअनुसार शुद्ध गर्ने काम गरिसक्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनीहरूले राजमहलमा गएर हिजकिया राजालाई भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँड़ाकुँड़ाहरूसमेत, अनि अर्पण गरिएको रोटी लहर-लहर गरी मिलाएर राख्‍ने टेबिल, त्‍यसका सबै सामानसमेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।