2 Chronicles 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू अविश्‍वासयोग्‍य भएको समयमा आहाज राजाले लगेका सबै सर-सामानहरू पनि हामीले फर्काइल्‍यायौं र फेरि अर्पण गर्‍यौं। ती सबै चीजहरू परमप्रभुको वेदीअघि छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर पन्‍साइराखेका जम्‍मै सरसामानहरू पनि हामीले नियत स्‍थानमा पवित्र गरेर राखिदियौं। अब ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हुँदा आहाजले आफ्नो अविश्‍वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।”
Nepali ERV (पवित्र बाइबल)
आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”