2 Chronicles 29:24 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पूजाहारीहरूले ती बोका मारे र तिनका रगत पाप बलिको लागि चढाउँदै वेदीमा खन्‍याए। ती पाप बलिले सबै मानिसहरूको पाप काट्थ्यो। राजाले सारा इस्राएलको निम्‍ति होमबलि र पाप बलि चढाउने आज्ञा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढ़ाए। किनभने होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्‍ति चढ़ाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्‍चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए।