2 Chronicles 29:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र जातिका अगुवाहरूले लेवीहरूलाई दाऊद राजा र आसाप अगमवक्ताले रचेका प्रशंसाका भजनहरू परमप्रभुका निम्‍ति गाउन आदेश दिए। यसकारण सबैले घुँडा टेक्‍दै र परमेश्‍वरलाई पुज्‍दै ठूलो आनन्‍दले भजन गाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।