2 Chronicles 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरका भित्ताहरू, दलिनहरू, संघार र ढोकाहरू मोहोर्न उनले ती सुन चलाए। भित्ताहरूमा कारिगरहरूले पखेटा भएका स्वर्गदूतहरूको चित्र खोपेर बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।