2 Chronicles 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महा-पवित्रस्‍थान भनिने भित्री कोठा ९ मिटर लामो र ९ मिटर चौडा थियो अर्थात् त्‍यो सामुन्‍नेपट्टि मन्‍दिरको चौडाइ बराबर लामो थियो। महा-पवित्रस्‍थानका भित्ताहरू मोहोर्न बीस टनभन्दा बढ्ता सुन चलाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मन्‍दिरको चौड़ाइबमोजिम नै महा-पवित्रस्‍थान बीस हात लमाइ र बीस हात चौड़ाइको बनाए। तिनले भित्रपट्टि त्‍यसलाई बीस टन निखुर सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट निखुर सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि सुलेमानले महा पवित्रस्थान बनाए। त्यो महा पवित्रस्थान 20 हात लामो अनि 20 हात चौडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा किलोग्राम थियो।