2 Chronicles 30:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-3] पहिलो महिना विधिअनुसार शुद्ध भएका पूजाहारीहरू चाहिएका सङ्‍ख्‍यामा यरूशलेममा जम्‍मा हुन नसकेकाले मानिसहरूले ठीक समयमा निस्‍तार-चाड मनाउन सकेनन्। यसकारण हिजकिया राजा, उनका भारदारहरू र यरूशलेमका मानिसहरूले त्‍यो चाड दोस्रो महिनामा मनाउन राजी भए र राजाले त्‍यो खबर इस्राएल र यहूदाका सम्‍पूर्ण मानिसहरूलाई पठाए। उनले विशेष ध्‍यान दिएर एफ्राइम र मनश्‍शे कुलहरूलाई चिट्ठी पठाए र तिनीहरूलाई यरूशलेमको मन्‍दिरमा आई परमप्रभु इस्राएलका परमेश्‍वरका आदरमा निस्‍तार-चाड मनाउने निम्‍तो दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड़ परमप्रभुको मन्‍दिरमा मान्‍न आऊन्‌ भनी निम्‍तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्‍शेलाई पनि चिट्ठीहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए।
Nepali ERV (पवित्र बाइबल)
राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।