2 Chronicles 30:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले यहूदामा काम गर्दै हुनुहुन्थ्यो र त्यहाँका मानिसहरूलाई राजा र भारदारहरूका आज्ञा मानी उहाँका आज्ञापालन गर्ने सङ्कल्पमा एक मत गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।