2 Chronicles 30:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले परमप्रभुको आराधना गराउन देखाएका निपुणताको निम्ति हिजकियाले तिनीहरूको प्रशंसा गरे। सात दिन परमप्रभु आफ्ना पुर्खाका परमेश्वरका प्रशंसामा बलिदानहरू चढाइसकेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका सेवाको विषयमा साँचो ज्ञान भएका लेवीहरूलाई हिजकियाले उत्साहको वचनले बोले। यसरी तिनीहरूले चाड़का सात दिन मेलबलिहरू चढ़ाउँदै, परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको प्रशंसा गर्दै र आ-आफ्नो तोकिएको भाग खाँदै बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।