2 Chronicles 30:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र भारदारहरूका आज्ञाले सारा यहूदा र इस्राएल देशमा मानिसहरूले यस्‍तो खबर लिएर गए: “हे इस्राएलका मानिसहरू हो! आफ्‍ना देश अश्‍शूरीहरूले विजय गरे पनि तिमीहरू तिनका हातबाट उम्‍केर बाँच्‍यौ। अब परमप्रभु अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वरतिर फर्क र उहाँ तिमीहरूकहाँ फर्कनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्‍तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गए: “हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, र अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो: “इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।