2 Chronicles 30:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूजस्ता हठी नहोओ तर परमप्रभुका आज्ञापालन गर। परमप्रभु आफ्ना परमेश्वरले सदाकालको निम्ति पवित्र गर्नुभएको यरूशलेमको मन्दिरमा आई उहाँलाई पुज र अबदेखि उसो उहाँ तिमीहरूसित रिसाउनुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।