2 Chronicles 31:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सादोकको सन्तान अजर्याह मुख्य पूजाहारीले उनलाई यसो भने, “मानिसहरूले मन्दिरमा भेटीहरू ल्याउन थालेदेखि खानेकुराहरू पुग्दो भएका छन् र धेरै उब्रेका पनि छन्। परमप्रभुले आफ्ना प्रजालाई आशीर्वाद दिनुभएको हुनाले यी सबै थोक हामीसित छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सादोकको वंशका प्रधान पूजाहारी अजर्याहले जवाफ दिए, “मानिसहरूले परमप्रभुको मन्दिरमा आ-आफ्नो भेटी ल्याएको समयदेखि यसो हामीहरूलाई खानका निम्ति प्रशस्त भयो अनि उब्रेका पनि छन्, किनभने परमप्रभुले उहाँको प्रजालाई यति धेरै आशिष् दिनुभएको छ, कि यी धेरै कुरा उब्रेका पनि छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र सादोकको परिवारबाटका मुख्य पुजारी अजर्याहले जवाफ दिए, “मानिसहरूले आफ्ना भेटीहरू याहवेहको मन्दिरमा ल्याउन थालेदेखि हामीसित खानलाई प्रशस्त छन् र प्रशस्त उब्रन्छन्। किनकि याहवेहले उहाँका मानिसहरूलाई आशिष् दिनुभएको छ, र धेरै मात्रामा उब्रेका पनि छन्।”
Nepali ERV (पवित्र बाइबल)
अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”