2 Chronicles 31:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सुरक्षाको निम्‍ति तीभित्र सबै भेटी र दशौं हिस्‍साका चीजहरू राखे। तिनीहरूले ती सबै कुराको जिम्‍मेवार कोनन्‍याह नाम गरेका लेवीलाई बनाए र तिनकै भाइ शिमीलाई तिनको सहायक खटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्‍ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्‍याए। तिनको जिम्‍मा लिने अधिकृत लेवी कोनन्‍याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले विश्‍वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए।
Nepali ERV (पवित्र बाइबल)
तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।