2 Chronicles 31:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका आदेशमा काम गर्न यी दश जना लेवीहरू खटाइए— यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाह। यी सबै कुराहरू हिजकिया राजा र अजर्याह मुख्‍य पूजाहारीका आज्ञाले भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा हिजकिया र परमेश्‍वरको मन्‍दिरका अधिकारी अजर्याहले कोनन्‍याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हिजकिया र परमेश्‍वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।