2 Chronicles 31:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी आफ्‍ना काममा सफल भए किनभने मन्‍दिरमा वा व्‍यवस्‍था पालन गर्ने काममा तिनले आफ्‍ना सबै काम सम्‍पूर्ण ईश्‍वरभक्ति र इमानदारीसाथ गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका मन्‍दिरको सेवामा र आफ्‍ना परमेश्‍वरको अगुवाइ खोज्‍न उहाँका व्‍यवस्‍था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्‍ना परमेश्‍वरलाई खोजे र आफ्‍ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्‍वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्‍नति भयो।
Nepali ERV (पवित्र बाइबल)
तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।