2 Chronicles 31:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका सहरहरूमा बास गर्ने मानिसहरू सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरूका दश भागमा एक भाग ल्याए। तिनीहरूले धेरै मात्रामा भेटीहरू ल्याएर परमप्रभु आफ्ना परमेश्वरलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका सहरमा बस्ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका नगरहरूमा बस्ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए।
Nepali ERV (पवित्र बाइबल)
यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।